PahiloPost

Jul 4, 2024 | २१ असार २०८१

संसदीय दलको रणनीति बनाउन प्रधानमन्त्री ओलीको बालुवाटारमा कसरत



पहिलोपोस्ट

संसदीय दलको रणनीति बनाउन प्रधानमन्त्री ओलीको बालुवाटारमा कसरत

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका नेतासँगको छलफल तीब्र बनाएका छन्।

शुक्रवार बिहान बालुवाटारमा बोलाएर संसदीय दलमा कसरी अगाडि बढ्ने भन्ने विषयमा आफू निकटका नेताहरुसँग ओलीले छलफल गरिरहेका छन्।

प्रधानमन्त्रीले संसदीय दलका उपनेता सुवास नेम्बाङ, पार्टी महासचिव विष्णु पौडेल लगायत अहिले बालुवाटारमा छन्।

सरकारको नीति तथा कार्यक्रम र संसदीय दलको रणनीति बनाउने विषयमा छलफल भएको बालुवाटार पुगेका ओली निकट नेताले बताए।

'बालुवाटारमा प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रम र संसदीय दलमा अब कस्तो रणनीति बनाउने भन्ने विषयमा छलफल भएको छ,' उनले भने।

अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरुले स्थायी कमिटी बैठक बोलाउन दबाब बढाइरहेका बेला ओलीले छलफल तीब्र पारेका हुन्।

बिहीवारमात्रै असन्तुष्ट स्थायी समिति सदस्यहरु पार्टी कार्यालय धुम्बाराहीमा भेला भएर प्रचण्डलाई भेट्न पुगेका थिए।

प्रचण्ड भेट्न स्थायी समिति सदस्य जनार्दन शर्मा, भीम रावल र हरिबोल गजुरेल उनकै निवास पुगेका थिए।

भेटमा बैठक बोलाउन दबाब दिन प्रचण्डलाई आग्रह गरेको गजुरेलले बताएका थिए।

स्थायी समिति बैठक नबोलाई प्रधानमन्त्रीले नीति तथा कार्यक्रम ल्याए अस्वीकार गर्ने असन्तुष्ट नेताहरुले चेतावनी दिएका छन्।

प्रचण्ड नेपाल खेमाका नेताहरुको चेतावनी पछि ओलीले आफू निकटका नेताहरुसँग परामर्श थालेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell