PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

प्रहरीमाथि हातपात गर्ने चार जना चिनियाँ नागरिक थुनामा, ४३ जनालाई भने छाडियो



पहिलोपोस्ट

प्रहरीमाथि हातपात गर्ने चार जना चिनियाँ नागरिक थुनामा, ४३ जनालाई भने छाडियो

काठमाडौं : शुक्रवार सिंहदवार अगाडि प्रहरीमाथि अभद्र व्यवहार गर्ने चार जना चिनियाँ नागरिकविरुद्ध प्रहरीले मुद्धा चलाउने भएको छ।

चीन पठाउन माग गर्दै दिउँसो सिंहदरबार छिर्न खोजेका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको थियो। केही चिनियाँ नागरिकले प्रहरी माथि आक्रमण गरेका थिए। प्रहरी माथि आक्रमण गर्ने चार जनालाई अभद्र व्यवहारमा कारबाही अगाडि बढाउने तयारी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले बताए।

‘जसले प्रहरीमाथि अभद्र व्यवहार गरेका छन्, तिनिहरुलाई कारबाही हुन्छ,’ एसएसपी ज्ञवालीले भने।

प्रहरीले प्रर्दशन गर्ने ४७ चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो। चार जनालाई थुनामा राखेर बाँकीलाई छोडेको एसएसपी ज्ञवालीले जानकारी दिए।

झडपमा महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेतसहित केही चिनियाँ नागरिक घाइते भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell