PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

उपत्यकाभित्र लकडाउन थप कडाइ गर्न गृहको निर्देशन



पहिलोपोस्ट

उपत्यकाभित्र लकडाउन थप कडाइ गर्न गृहको निर्देशन

काठमाडौँ: गृह मन्त्रालयले उपत्यकाभित्र लकडाउनलाई थप कडाइ गर्न निर्देशन दिएको छ।

बिहीबार मन्त्रालयमा  महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, महानगरीय ट्राफिक प्रहरी महाशाखाका  प्रमुख, तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र महानगरपालिकाका मेयर लगायत सहभागी बैठकमा लकडाउन थप कडाइ गर्न निर्देशन दिइएको हो।

दुई दिनमा उपत्यकाभित्र पाँच जना कोरोना संक्रमिति देखिएका छन्। संक्रमित सबै सरकारले जारी गरेको सवारी पास लिएर नै काठमाडौं उपत्यकाभित्र छिरेका थिए। बैठकमा उपत्यकाभित्र छिर्ने नाकामा कडाइ गर्न समेत निर्देशन दिइएको छ।

'उपत्यकाभित्र संक्रमण बढेकाले थप कडाइ गर्न निर्देशन भएको छ। नाकालाई बढी सुरक्षित बनाउन निर्देशन दिइएको छ।' बैठक स्रोतले भन्यो।

मन्त्रालयलको मंगलबारको निर्णय अनुसार आजबाट एक जिल्लाबाट अर्को जिल्लामा जानको लागि जारी गरिएको पुराना पास सबै खारेज भएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell