PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

बाबुछोरा भारतीय गोर्खा सैनिकः घरमा आमा बितिन्, भारतले आउन नदिएपछि धारचुलामै किरिया



पहिलोपोस्ट

बाबुछोरा भारतीय गोर्खा सैनिकः घरमा आमा बितिन्, भारतले आउन नदिएपछि धारचुलामै किरिया
फाइल फोटो

काठमाडौँ: भारतको गोर्खा सेनामा कार्यरत दुई नेपालीलाई दाहसंस्कार तथा काजकिरियाका लागि नेपाल आउन भारतले रोकेको छ।

कालापानी र लिपुलेकलाई लिएर काठमाडौँमा सडक र सदनमा भारतविरुद्ध आवाज उठेका बेला आफ्नै देशमा कार्यरत गोर्खा सैनिकलाई नेपाल आउन रोकेको हो।

भारतको स्थानीय प्रशासनले केन्द्रको आदेश नभएको भन्दै भारतीय सेनामा कार्यरत दार्चुलाको दुहु गाउँपालिकाका मोहनसिंह कुँवर र कम्मारनसिंह कुँवरलाई धारचुलामै रोकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

मोहन र कम्मान बाबुछोरा हुन्। मोहनकी श्रीमती तथा कम्मानकी आमाको वैशाख २७ गते घरमै निधन भएको थियो।

निधनको खबर पाएलगत्तै उनीहरू टनकपुर हुँदै धारचुला आइपुगेका थिए।

नेपालबाट दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले उनीहरूलाई नेपाल पठाइदिन धारचुलाका एसडिएम अनिलकुमार शुक्ला र पिथौरागढका जिल्ला अधिकारीलाई पत्र पठाए। सो पत्र दिल्ली पुग्नुपर्छ। र दिल्लीले धारचुला प्रशासनलाई पठाउने अनुमति दिनुपर्छ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले आफूले पठाइदिन भारतीय प्रशासनलाई आग्रह गरेको तर दिल्लीबाट अनुमति नआउँदा ढिलाइ भएको बताए।

‘भारतीय पक्षबाट ढिलाइ भएपछि दुवै बाबुछोरा पारि धारचुलास्थित आफ्नो बहिनीकोमा किरिया बसेका छन्। अब आउँदैनन्,’ कुँवरले भने।

यसअघि भारतीय क्वारेन्टाइनमा बसेका दार्चुलाका वासुदेव भट्टलाई आमा बितेको ६ दिनपछि मात्रै भारतले घर जना अनुमति दिएको थियो। उनी क्वारेन्टाइनमै किरिया बसेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell