PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

नेपालगञ्जमा ७ वर्षीया बालिकादेखि ६० वर्षका वृद्धसम्मले जिते कोरोना, एकैदिन २१ जना डिस्चार्ज



पहिलोपोस्ट

नेपालगञ्जमा ७ वर्षीया बालिकादेखि ६० वर्षका वृद्धसम्मले जिते कोरोना, एकैदिन २१ जना डिस्चार्ज

काठमाडौं: बाँकेको नेपालगञ्जमा २१ जना संक्रमित कोरोना भाइरसलाई परास्त गर्दै स्वस्थ भएका छन्।

पहिलो संक्रमित ६० वर्षीय मदरसाका शिक्षकदेखि उनको सम्पर्कमा आएकी ७ वर्षीया बालिसम्म आज डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

संक्रमण पुष्टि भएपछि उनीहरु सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा उपचाररत थिए। यससँगै निको भएर डिस्चार्ज हुनेको संख्या ७० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार पीसीआरमार्फत कोरोना संक्रमणको परीक्षण गर्नेको संख्या झण्डै साढे ४२ हजार पुगेको छ।

शुक्रबार सम्म पीसीआरबाट ४२ हजार ४ सय ८९ को परीक्षण गरिएको २४ घण्टामा ३ हजार ८ सय १९ पीसीआर गरिएको छ।

पीसीआर परीक्षण पछिल्लो दिनमा बढदै गएको छ। आरडीटी बाट ८२ हजार १ सय १६ जनाको परीक्षण गरिएको थियो।

क्वारेण्टाइनमा बस्नेको संख्या शुक्रबार २७ हजार ८ सय २९ पुगेको छ। आइसोलेशनमा ४ सय ३३ जना छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell