PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

बस दुर्घटनामा मृत्यु भएका १२ जनासहित घाइतेको पनि स्वाब संकलन, इमरजेन्सी कक्ष बन्यो आइसोलेसन वार्ड!



पहिलोपोस्ट

बस दुर्घटनामा मृत्यु भएका १२ जनासहित घाइतेको पनि स्वाब संकलन, इमरजेन्सी कक्ष बन्यो आइसोलेसन वार्ड!

काठमाडौं : बाँकेमा सवारी दुर्घटनामा परेका सबैको स्वाब संकलन गरिएको छ।

भेरी अस्पतालका मेडिकल सुपरिटेनडेन्ट डाक्टर प्रकाश थापाले दुर्घटनामा मृत्यु भएका र घाइतेहरु सबैको स्वाब संकलनको काम भइरहेको बताए।

उनले अस्पतालको इमरजेन्सी वार्ड नै आइसोलेसनमा परिणत गरेर स्वाब संकलन भइरहेको जानकारी दिए।

उनीहरु भारतबाट आएको हुनाले कोरोना भाइरस संक्रमण भए नभएको परीक्षणका लागि स्वाब संकलन गरिएको हो।

नेपालगञ्जको जमुनाहा नाकाबाट सल्यानतर्फ जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी आज विहान अगैया भन्ने ठाउँमा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। २१ जना घाइते छन्। मृतकको शव र घाइतेलाई भेरी अस्पताल लगिएको छ। घाइतेको उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell