PahiloPost

Jan 5, 2025 | २१ पुष २०८१

कपिलवस्तुबाट लगेको तरकारीबाट कोरोना लाग्ने भन्दै नष्ट गरेपछि मुख्यमन्त्री पोखरेलको आपत्ति



पहिलोपोस्ट

कपिलवस्तुबाट लगेको तरकारीबाट कोरोना लाग्ने भन्दै नष्ट गरेपछि मुख्यमन्त्री पोखरेलको आपत्ति

काठमाडौं: प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना फैलिएको जिल्लाबाट ल्याइएको भन्दै अर्घाखाँचीमा तरकारी नष्ट गरिएपछि आपत्ति जनाएका छन्।

कपिलवस्तुको बुद्धभूमिबाट लगिएको तरकारीबाट कोरोना सर्न सक्ने भन्दै अर्घाखाँचीका प्रहरी प्रमुखको निर्देशनमा सन्धिखर्कमा आइतवार तरकारी नष्ट गरिएको थियो। यसप्रति किसानहरुले आपत्ति जनाइसकेका छन्।

मुख्यमन्त्री पोखरेलले पनि यो घटनाप्रति असन्तुष्टि जनाएका छन्। प्रदेश ५ मा संक्रमण भारतवाट आएर क्वारेन्टाइनमा बसेका र त्यसको व्यवस्थापन गर्नेमा देखिएको स्पष्ट पार्दै मुख्यमन्त्री पोखरेलले फेसबुकमा भनेका छन्, ‘किसानले फलाएको तरकारीमा कोरोना देखिएको होइन। सचेत बनौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell