PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

६१ जिल्लामा देखियो कोरोना, पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति थपिए संक्रमित?



विधुर ढकाल

६१ जिल्लामा देखियो कोरोना, पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति थपिए संक्रमित?

काठमाडौं : पछिल्लो तथ्यांक अनुसार हालसम्म नेपालमा दुई हजार ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये २६६ जना उपचार पछि निको भएर फर्किएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २८८ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये २७० जना पुरुष १८ जना पहिला छन्। संक्रमित जिल्लाको सूचीमा दुई जिल्ला थपिएका छन्-प्यूठान र पर्वत।

 

पछिल्लो २४ घण्टामा कुन जिल्मा कति संक्रमण पुष्टि 

पछिल्लो २४ घण्टामा धुलिखेल अस्पतालमा ३८ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित सबै रौतहटका रहेका छन्। 

त्यस्तै, पोखराको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणका क्रममा स्याङ्जाका ५ र पर्वतका ५ जनामा संक्रमण पुष्टि भएको छ। 

यसैगरी, धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका एक जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका ३ र बाँकेका १७ जनामा संक्रमण पुष्टि भएको छ।

सुर्खेतमा भएको परीक्षणमा ६४ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये सुर्खेतका १७ जना, दैलेखका ९ जना, सल्यानका १८ र अछामका १० जनामा संक्रमण पुष्टि भएको छ।

मकवानपुर प्रयोगशालामा गरिएको परीक्षणमा बाराका १ जनामा संक्रमण पुष्टि भएको छ। राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका १७ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, प्युठानका १ जनामा पनि संक्रमण पुष्टि भएको छ।

सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कञ्चनपुरका ८ र कैलालीका १० जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ११८ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये काठमाडौं मेडिकल कलेजका चार जना स्वास्थ्य कर्मीसमेत छन्।

टेकुमा भएको परीक्षणमा संक्रमण पुष्टि भएका मध्ये प्रदेश २ को धनुषाका ६, महोत्तरीका २, रौतहटका ३६, सर्लाहीका २१ र सिराहाका सिराहा १७ जना रहेका छन्।

त्यस्तै, भक्तपुरका १, धादिङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धादिङकी महिला परोपकार प्रसुती अस्पतालमा उपचाररत छन्।

यसैगरी, कपिलवस्तुका १६ जना, नवलपरासी पश्चिममा १ र नवलपरासी पूर्वका एक जनामा पनि संक्रमण पुष्टि भएको छ। रुपन्देहीको सैनामैनाका १० जनामा पनि संक्रमण पुष्टि हुँदा नुवाकोटका २ जनामा पनि संक्रमित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell