PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कांग्रेस नेता बस्नेतले गराए जिल्लाका सबै स्वास्थ्यकर्मीको कोरोना बिमा, भन्छन्: मनोबल बढाउने प्रयास हो



पहिलोपोस्ट

कांग्रेस नेता बस्नेतले गराए जिल्लाका सबै स्वास्थ्यकर्मीको कोरोना बिमा, भन्छन्: मनोबल बढाउने प्रयास हो

काठमाडौं: नेपाली कांग्रेसका नेता तथा पूर्वसञ्चार मन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकका चिकित्सक तथा स्वास्थ्यकर्मीको करोना बिमा गराएका छन्।

बस्नेतले जिल्ला स्वास्थ्य कार्यालयअन्तगर्गत सबै स्वास्थ्य संस्थाका ६ सय १३ जना स्वास्थ्यकर्मीको कोरोना बिमा गराएका हुन्। पीसीआर प्रविधिबाट कोरोना पोजेटिभ देखिएमा १ लाख रुपैयाँ बिमा रकम पाउने ब्यवस्था गरेको उनले बताए।

बिमाका लागि १७ जना कांग्रेसका नेता कार्यकर्ताले आर्थिक सहयोग गरेका छन्। ३ लाख ६७ हजार बिमा कम्पनीलाई बुझाएको बस्नेतले बताए। 'सिन्धुपाल्चोकका ६ सय १३ जना स्वास्थ्यकर्मीको बिमा गराएका छौं। यसमा केही नेता कार्यकर्ताको सहयोग छ,' उनले भने। एक वर्षका लागि बस्नेतले बिमा गराइदिएका हुन्।

आफ्नो जिल्लामा फ्रन्टलाइनमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीका लागि काम गर्ने हौसला मिलोस भनेर बिमा गराएको उनले बताए। 'सरकारले परीक्षण नबढाएर मात्रै हो। ५० औं हजार मानिसहरु संक्रमित भइसकेका होलान। त्यसमा उनीहरुलाई उपचार गर्ने स्वास्थ्यकर्मी पनि छन्। भोलि उनीहरु भाग्न सक्छन्, हतोत्साहित भएर। उनीहरु नभागुन भनेर गरेका हौं,' उनले भने।

सरकारले स्वास्थ्य तथा सुरक्षाकर्मीको कोरोना बिमा गर्ने घोषणा गरे पनि अहिलेसम्म कार्यान्वयनमा नआएको र सरकारलाई दबाब दिन पनि आफूले स्वास्थ्यकर्मीको कोरोना बिमा गरेको उनको भनाई छ।

उनले अरु जिल्लामा पनि स्वास्थ्यकर्मीको निजीस्तरबाट पनि कोरोना बिमा गर्न हौसला मिलोस भन्ने उद्देश्यका साथ बिमा गरिएको जानकारी दिए।

सरकारले गत चैतमा मन्त्रिपरीषद्बाट निर्णय गरि कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको २५ लाखको कोरोना बिमा गर्ने घोषणा गरेको थियो।

नेता बस्नेतले यसअघि मृत्यु भएकी कोरोना संक्रमित पहिलो सुत्केरी महिलाका शिशुको पढाई तथा पालनपोषणको जिम्मा लिएको घोषणा गरेका थिए। नेपालमा कोरोना संक्रमण भएर पहिलोपटक सिन्धुपाल्चोककी एक सत्केरी महिलाको निधन भएको थियो। महिलाका परिवारलाई सहयोग र शिशुको पालनपोषण तथा पढाइलेखाइको जिम्मा बस्नेतले लिएका हुन्। https://pahilopost.com/content/20200518140314.html



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell