PahiloPost

Jun 24, 2024 | ११ असार २०८१

साढे ६ केजी चरेस सहित टोखाबाट दुई जना समातिए



पहिलोपोस्ट

साढे ६ केजी चरेस सहित टोखाबाट दुई जना समातिए

काठमाडौं: लागु औषध ओसारपसार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले मङ्गलवार बेलुका काठमाडौँ टोखा नगरपालिका वडा नम्बर ९ लक्ष्मी मार्ग नगरबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा म्याग्दी मालिका गाउँपालिका वडा नम्बर ४ घर भएका २४ वर्षीय तुल प्रसाद घर्तिमगर  र ४४ वर्षीय नन्द प्रसाद रोका रहेका छन्। उनीहरूको साथबाट साढे ६ केजी  चरेस बरामद गरेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell