PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

गत ११ महिनामा पर्सामा ८७ जनाले गरे आत्महत्या, आर्थिक समस्या र तनाव मुख्य कारण



राधेश्याम पटेल

गत ११ महिनामा पर्सामा ८७ जनाले गरे आत्महत्या, आर्थिक समस्या र तनाव मुख्य कारण

वीरगंज : पर्सामा लकडाउनको अवधिमा आत्महत्याको घटनामा वृद्धि भएको छ। चालु आर्थिक वर्षको ११ महिनामा ८७ वटा आत्महत्याको घटना भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। 

लकडाउनको समयमा विविध कारणले मानसिक तनाव बढेर आत्महत्या गरेको हुनसक्ने प्रहरी अनुसन्धानले देखाएको छ। लकडाउनमा रोजगारी गुम्नु, आर्थिक भार बढ्नु, घरपरिवारमा कलह, एकापसमा मतभिन्नताजस्ता कारणले गर्दा आत्महत्याको घटना बढेको देखिएको हो।

गत आव २०७५/०७६ को साउनमा ९, भदौमा ६, असोजमा ५, कात्तिकमा ३, मंसिरमा ६, पुसमा ४, माघमा १, फागुनमा १४, चैतमा २, वैशाखमा ५, जेठमा १५, असारमा ७ गरी कुल ७७ वटा आत्महत्याको घटना भएको थियो।

यसरी चालु आवको ११ महिनाको तथ्यांक हेर्ने हो भने गत वर्षको भन्दा दसवटा आत्महत्याको घटना बढी देखिन्छ।

त्यसैगरी, आव २०७४/०७५ मा कुल ६८ वटा र आव २०७३/०७४ मा ७१ वटा आत्महत्याको घटना भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell