PahiloPost

Jan 5, 2025 | २१ पुष २०८१

बेहाल भारतको : एकै दिन भेटिए १४ हजारभन्दा बढी कोरोना संक्रमित



पहिलोपोस्ट

बेहाल भारतको : एकै दिन भेटिए १४ हजारभन्दा बढी कोरोना संक्रमित

नयाँ दिल्ली : एकै दिन भारतमा १४ हजारभन्दा बढी कोभिड १९ का संक्रमित भेटिएका छन्। बिहीवार दिल्ली, महाराष्ट्र र उत्तर प्रदेशमा कोरोना संक्रमित ह्वात्तै थपिँदा एकै दिन नयाँ रेकर्ड कायम भएको हो।

महाराष्ट्र र दिल्लीमा एकै दिन सर्वाधिक संक्रमित थपिएका छन्। महाराष्ट्रमा ३ हजार ७ सय ५२ र राजधानी दिल्लीमा २ हजार ८ सय ७७ जनामा संक्रमण भेटिएको हो।

भारतमा कोरोना संक्रमण मुक्त भएका व्यक्तिको संख्या पनि २ लाख पार भएको छ।

बिहीवार १४ हजार ५२ नयाँ संक्रमित भेटिएका हुन्। त्यससँगै भारतमा संक्रमितको संख्या ३ लाख ८१ हजारभन्दा बढी पुगेको छ। बुधवार भारतमा १३ हजार २ सय १९ जना संक्रमित भेटिएका थिए। बिहीवार ३ सय ४३ जना संक्रमितको मृत्यु भएको छ। यससहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ६ सय २ पुगेको छ।

बिहीवार नेपालसँग जोडिएको भारतीय राज्य उत्तर प्रदेशमा ६ सय ३० नयाँ संक्रमित भेटिएका छन्। आन्द्र प्रदेशमा ४ सय २५ र तेलङ्गानामा ३ सय ५२ जना नयाँ संक्रमित भेटिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell