PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

लगानी बोर्डले स्वीकृत गर्‍यो एक खर्ब ८५ अर्बको लगानी, पाँच जलविद्युत र दुई सिमेन्ट उद्योग परियोजना



पहिलोपोस्ट

लगानी बोर्डले स्वीकृत गर्‍यो एक खर्ब ८५ अर्बको लगानी, पाँच जलविद्युत र दुई सिमेन्ट उद्योग परियोजना

काठमाडौँः लगानी बोर्डले विभिन्न सात परियोजनाका लागि एक खर्ब ८५ अर्ब ४३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त लगानी स्वीकृत गरेको हो। निर्णय अनुसार लगानी स्वीकृत भएकामा पाँचवटा जलविद्युत आयोजना र दुई सिमेन्ट उद्योग परियोजना रहेका छन्। 

बैठकले अपर मस्र्याङ्दी हाइड्रोपावर २ परियोजनाका लागि ७८ अर्ब ६५ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ। आयोजना ३२७ मेगावाटको हो। यस्तै, ४२ं९ मेगावाटको आँखुखोला हाइड्रोपावर परियोजनाका लागि ६ अर्ब ३० करोड, म्याग्दी खोला हाइड्रोपावरका लागि १० अर्ब ३१ करोड रुपैयाँ लगानी स्वीकृत गरेको हो। म्यादी खोला ५७.३ मेगावाटको परियोजना हो। 

यस्तै, बैठकले ९७.२ मेगावाटको इसुवा खोला हाइड्रोपावर  लागि १३ अर्ब ५७ करोड रुपैयाँको लगानी स्वीकृत गरेको छ। निर्णय अनुसार १६४ मेगावाटको कालीगण्डकी गोर्जे हाइड्रोपावरका लागि २८ अर्ब ६ करोड रुपैयाँको लगानी स्वीकृत गरेको छ। 

यस्तै, बैठकले दाङ सिमेन्ट इन्डष्ट्रिज परियोजनाका लागि ३२ अर्ब ५० करोड रुपैयाँ र सम्राट सिमेन्ट इन्डष्ट्रिजको १५ अर्ब ५ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ। 

बैठकले बाँके कोहलपुर र कपिलवस्तुको वाणगंगामा सञ्चालन हुने २० मेगावाट स्टोरेज क्षमतासहित १२५ मेगावाटका छुट्टाछुट्टै सौर्य उर्जा परियोजना सार्वजनिक निजी साझेदारीमा विकास र सञ्चालन अध्ययनको जिम्मेवारी रिसेन इनर्जी सिंगापुरलाई सर्वेक्षण अनुमति दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell