भारतीय टेलिश्रृङ्खला ‘पवित्र रिश्ता’को नयाँ संस्करण बन्ने भएको छ। सुशान्तले सोही टेलिश्रृङ्खलामार्फत् अभिनयमा डेब्यु गरेका थिए। १५ सय अंक प्रसारण भएको टेलिश्रृङ्खलामा अभिनेता सुशान्त सिंह राजपुत र अंकिता लोखन्डेको मुख्य भूमिका थियो।
सुशान्तकै सम्झनामा पवित्र रिश्ताको सिक्वेल बन्ने भएको बलिउड हंगामाले जनाएको छ। जनाइए अनुसार निर्देशक एकता कपुरले अंकितासँग सिक्वेल निर्माणमा सहकार्यको प्रस्ताव गरेकी थिइन्। दुवैको सहमतीमा सुशान्तलाई श्रद्धाञ्जली स्वरुप नयाँ संस्करण बन्ने भएको हो।
एकताले लेखन प्रक्रिया अघि बढाइ सकेकी छिन्। उनले यसअघि सुशान्तको मृत्यु लगत्तै ‘पवित्र रिश्ता कोष’ खडा गरेकी छिन्। जसमार्फत् मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने बताएकी छिन्।