PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

अयोध्यामा राम मन्दिर बनाउन भूमि पूजाका लागि मोदीलाई निमन्त्रणा, मन्दिर बनाउन ३ वर्षभन्दा धेरै लाग्ने



पहिलोपोस्ट

अयोध्यामा राम मन्दिर बनाउन भूमि पूजाका लागि मोदीलाई निमन्त्रणा, मन्दिर बनाउन ३ वर्षभन्दा धेरै लाग्ने

अयोध्या : श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टको पहिलो औपचारिक बैठक शनिवार बसेको छ। पहिलो बैठकले प्रधानमन्त्रीको समय हेरेर आगामी अगस्टमा राम मन्दिर बनाउन भूमि पूजाको मिति निश्चित गर्ने निर्णय गरेको छ। मन्दिर निर्माण गर्ने ट्रस्ट भारतको केन्द्र सरकारले गठन गरेको हो।

'निर्माणको पहिलो प्राथमिकतामा भूमि पूजा हुने गर्छ। यसका लागि हामीले प्रधानमन्त्री मोदीलाई निमन्त्रणा गरेका छौं। हामीले जुलाई २९ अथवा अगस्ट ५ का लागि भनेका छौं। प्रधानमन्त्रीकै उपस्थितिमा यो कार्यक्रम हुनेछ,' ट्रस्टका सदस्य गोभिन्द गिरी महाराजले भने।

शनिवारको बैठकमा मन्दिरको डिजाइन र उद्‍घाटनको समयरेखाबारे समेत छलफल भएको छ। ट्रस्टका महासचिव चम्पत राईका अनुसार ३ देखि साढे ३ वर्षमा मन्दिर निर्माण कार्य पूरा हुनेछ। उनले प्रधानमन्त्री मोदी अगस्ट ३ वा ५ मा आउने पनि जानकारी दिए।

प्रधानमन्त्री मोदीका पूर्व मुख्य सचिवसमेत रहेका नृपेन्द्र मिश्रा, गृह सचिव गणेश कुमार र उत्तर प्रदेशका मुख्य सचिव अश्विन अवस्थी पनि ट्रस्टका सदस्य रहेका छन्। महन्थ नृत्यगोपाल दास ट्रस्टका अध्यक्ष हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell