PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

अमेरिकामा संघीय न्यायाधीशको छोराको गोली हानी हत्या, श्रीमानमाथि पनि प्रहार



पहिलोपोस्ट

अमेरिकामा संघीय न्यायाधीशको छोराको गोली हानी हत्या, श्रीमानमाथि पनि प्रहार

न्युयोर्क : संघीय न्यायाधीशका छोराको न्युजर्सीमा गोली हानी हत्या गरिएको छ। न्यायाधीशका श्रीमानमाथि पनि आक्रमण भएको छ। सुरक्षा निकायका अनुसार उनीहरुको घरमा सांघातीक आक्रमण भएको हो।

न्यायाधीश इस्टर सलासलाई भने चोटपटक लागेको छैन।

न्युजर्सीको उत्तरी ब्रान्सविकका मेयर फ्रान्सिस म्याक ओमेकलाई उदृत गर्दै एबीसीन्युजले न्यायाधीशका छोराको मृत्यु भएको जनाएको छ।

न्यायाधीश सलासका श्रीमानको अवस्था कस्तो छ भन्ने यकिन भइनसकेको छैन।

सलासका छोराले घरको ढोका खोलेलगत्तै उनीमाथि गोली प्रहार भएको थियो। स्थानीय समयअनुसार आइतवार साँझ ५ बजे गोली प्रहार भएको हो। क्थोलिक युनिभर्सिटीका फ्रेसम्यान रहेका उनको मुटुमै गोली लागेको छ।

उनी ढलेपछि उनका बाबुमाथि पटकपटक गोली हानिएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार फेडएक्सका ड्राइभरको ड्रेसमा हतियारधारी घरमा पुगेका थिए जसले गोली हाने।

न्यायाधीश सलासमाथि पहिलेदेखि नै पटकपटक धम्की आइरहेको थियो। तर, हालसालै भने त्यस्ता धम्की आएको खुलेको छैन।

फेडरल ब्युरो अफ इन्भेस्टिगेसनले घटनाको अनुसन्धान सुरु गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell