काठमाडौं : झापामा पहिरोले पुरिएर मंगलवार राति एक जनाको मृत्यु भएको छ।
केही दिनदेखिको अविरल वर्षाका कारण घरमाथि पहिरो खस्दा झापा बुद्धशान्ति गाउँपालिका ७ मोतिडाँडा तेज कुमार बराइलीको घरमा पाहुना आएका युवकको मृत्यु भएको हो। झापाको मेचिनगर नगरपालिका ९ घर भएका १५ वर्षीय विवके दर्नाललाई पहिरोले पुर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए।
इलका प्रहरी कार्यालय बुधवारेबाट खटिएको टोलीले राति करिव १ बजेतिर पुरिएर मृत अवस्थामा फेला पारेको हो। पहिरोको कारण घरमा रहेका ७७ वर्षीया तिलमाया बाराइली,२१ वर्षीया कल्पना बराइली र १९ वर्षीया पुष्टिना बराइली घाइते भएका छन्।
पहिरोको कारण बराइलीको घर पूर्ण क्षति भएको छ भने अन्य दुई घर जोखिममा परेका छन्।