PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

अमिताभको स्वास्थ्य स्थिर, सुनाए दुई हप्ते आइसोलेसन बसाईको अनुभव



पहिलोपोस्ट

अमिताभको स्वास्थ्य स्थिर, सुनाए दुई हप्ते आइसोलेसन बसाईको अनुभव

कोरोना संक्रमित बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।

अमिताभ जुलाई ११ मा मुम्बईको नानावती अस्पताल भर्ना भएका थिए। आज अस्पतालमा आइसोलेसन बसाई १५ दिन पुगिसक्दा उनको स्वास्थ्य अवस्था स्थिर छ। आइसोलेसन बसाईका क्रममा सामाजिक सञ्जालमा सक्रिय अमिताभले आइतवार आफ्नो अनुभव शेयर गरेका छन्।

अस्पतालको शैय्याबाट भाइरसका कारण आइसोलेसनमा बस्दा भोग्नुपरेको मानसिक असरबारे उनले ब्लग नै लेखेका छन्। फ्यान र डाक्टरलाई धन्यवाद दिएका छन्। आफू चाँडै निको हुने विश्वास पनि लिएका छन्।

अमिताभले जे लेखे…

भाइरसको संक्रमणपछि तपाईको उपचार तथा हेरचाह गर्ने डाक्टर तपाईको नजिक आउँदैन। डाक्टरले भिडियो च्याटका माध्यमबाट कुरा गर्छन्। यस्तो परिस्थितिमा यो तरिका राम्रो पनि हो।

उपचारका लागि भर्ना भएका मानिसलाई भेट्न हप्तौसम्म कोही आउँदैन। डाक्टर, नर्स पनि पीपीई लगाएर आउँछन्। मानिसलाई रिमोट ट्रिटमेन्ट दिरहेको अवस्था छ। के यसको मानसिक स्वास्थ्यमाथि असर पर्छ? मनोविदका अनुसार पर्छ। विरामी यहाँ (अस्पताल)बाट फर्केपछि परिवर्तन हुन्छ। उ समूह/समाजमा जान डराउँछ। उनीहरुलाई लाग्छ कि मानिसहरुले आफूसँग फरक व्यवहार गर्नेछन्। भाइरस सँगै बोकेर हिँडेको जस्तो व्यवहार देखाउने छन्। यसबाट विरामीहरुमा गहिरो एक्लोपन विकसित भइरहेको छ।

कोरोनाबाट बच्चन परिवार नै अस्पतालमा छ। छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्या पनि संक्रमित भएर आइसोलेसनमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell