PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

तराईबाट शान्ति सदाको तीज कोसेली ‘यसपालिको तीजमा घुमाइदेउ न पशुपति’



पहिलोपोस्ट

तराईबाट शान्ति सदाको तीज कोसेली ‘यसपालिको तीजमा घुमाइदेउ न पशुपति’

नवगायिका शान्ति सदाद्धारा स्वरबद्ध ‘यसपालिको तिजमा घुमाइदेउ न पशुपति’ तिज गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

गुरुशरण सदाद्वारा रचित तथा संगिता वाइबा (तामाङ) र आदित्य ठकुरीको अभिनय रहेको म्युजिक भिडियोलाई शरण इन्टरटेनमेन्ट नामक युट्युव च्यानलमार्फत शनिबार सार्वजनिक गरिएको हो।

महिलाको श्रृंगार सुनचाँदी भन्दा तीजमा श्रीमानको साथ र मायाको महत्व ठूलो रहेको भन्दै श्रीमानलाई पशुपति घुमाइदिने आग्रहमुलक प्रेमभाव देखिने उक्त गीतको भिडियोलाई सन्तोष गुरुङ्गले निर्देशन गरेका हुन्।

सिराहा गोलबजारबाट मैथिली भाषामा गीत संगीतमा यात्रा सुरु गरेकी शान्ति सदाले पहिलो पटक द भ्वाइस अफ नेपालको सिजन २ को मञ्चबाट मैथिली भाषाको गीत गाएर मैथिली तथा नेपाली समाजको मन जितेकी थिइन।

साधारण मजदुर परिवार तथा सासुआमाको सहयोगमा गीतसंगीतको यात्रालाई निरन्तरता दिएकी शान्ति सदाले तराईबाट तिजको गीत लिएर नेपाली गीतसंगीत क्षेत्रमा समिश्रण गराएको प्रतिक्रिया दिइन्। महिलाहरुको ठूलो पर्व मानिने तीजको अवसरमा गाइने सयौ गीतमध्ये आफूले पनि यस वर्ष तीजको गीतलाई सार्वजनिक गर्न पाउँदा खुसी लागेको उनको अनुभूति शेयर गरिन्।

लोक तथा काठे भाकामा सृजित उक्त गीतमा राकेश ओलीले संगीत संयोजन गरेका छन्। म्युजिक भिडियोका निर्देशन सन्तोष गुरुङ्गले गरेका छन्।

सवरी संकल्प समाज गोलबजारको ब्यवस्थापनमा निर्माण गरिएको गीतमा इच्छा सदा, हिरालामा, कोपिला थामी, करुणा लामा, सविना लामा, मकिता बस्नेत सुरता विष्ट सरोवर र सन्तोष कार्की लगायत कलाकारको अभिनय देख्न सकिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell