PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

कर्मचारीमा कोरोना भेटिएपछि आयल निगमको भैरहवा डिपो पाँच दिनका लागि बन्द



रासस

कर्मचारीमा कोरोना भेटिएपछि आयल निगमको भैरहवा डिपो पाँच दिनका लागि बन्द

काठमाडौं : नेपाल आयल निगम ५ नम्बर प्रादेशिक कार्यालय भैरहवा डिपोमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि डिपो पाँच दिन बन्द गरिएको छ।

डिपोमा कार्यरत तीन कर्मचारी, मातहतका पेट्रोल पम्पका तीन र हवाई इन्धन डिपोका पाँच जना गरी आइतवार एघार जनामा कोरोना संक्रमित भेटिएपछि डिपो बन्द गरिएको हो। कर्मचारीमा संक्रमण देखिएपछि डिपो बन्द गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

उनका अनुसार सर्वसाधारणलाई सहज र सरल ढंगबाट पेट्रोलियम पदार्थ वितरण गर्न अमलेखगञ्ज डिपोबाट पेट्रोलियम पदार्थको ढुवानी गर्ने तयारी गरिएको छ। डिपो बन्द अवधिभर भैरहवा क्षेत्रका डिलरका लागि आवश्यक पेट्रोलियम पदार्थ अमलेखगञ्ज डिपोबाट आवश्यकतानुसार उतैका ट्यांकरबाट ढुवानी गरी डिपोमा स्टक ट्रान्सफरको व्यवस्था मिलाइएको छ।

‘डिपोमा रिजर्भमा राखिएका कर्मचारीबाट बिक्रीको व्यवस्था मिलाउन प्रादेशिक कार्यालयमा खबर गरिसकेका छौँ’, उनले भने, ‘अबको सात दिनपछि पेट्रोल पम्प, हवाई इन्धन डिपो बन्द गरिनेछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell