PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

बैंकका कर्मचारीमा कोरोना पुष्टि भएपछि दिपायलका सबै बैंक ५ दिनका लागि बन्द



रासस

बैंकका कर्मचारीमा कोरोना पुष्टि भएपछि दिपायलका सबै बैंक ५ दिनका लागि बन्द

डोटी : राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखामा कार्यरत २३ वर्षीया एक महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि यहाँका निजी तथा सरकारी बैंक पाँच दिनका लागि बन्द गरिएका छन्।

यहाँका निजी तथा सरकारी बैंकले सूचना टाँस गरी पाँच दिनका लागि बैंकमा कुनै पनि कारोबार नगर्ने जनाएका छन्। क्यासियर पदमा कार्यरत महिलामा कोरोना संक्रमण पुष्टि भएपछि अन्य व्यक्तिमा संक्रमण नफैलियोस् भन्दै पाँच दिनका लागि बैंक कारोबार पूर्णरूपमा बन्द गरिएको वाणिज्य बैंक दिपायल शाखाका प्रमुख गणेशबहादुर विष्टले बताए।

जिल्लामा अहिलेसम्म ८०० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्ला अस्पतालको पीसीआर ल्याबमा गरिएको कोरोना परीक्षणमा ती महिला कर्मचारीसहित १८ अन्य व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए। उनका अनुसार पीसीआर परीक्षणमा जिल्ला प्रहरी कार्यालयका दुई पुरुष तथा एक महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell