PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

च्याम्पियन्स लिगको फाइनलमा पीएसजी र बायर्न भिड्दै, पहिलो उपाधिको सुरमा पीएसजी, ट्रेबलको पनि संभावना



पहिलोपोस्ट

च्याम्पियन्स लिगको फाइनलमा पीएसजी र बायर्न भिड्दै, पहिलो उपाधिको सुरमा पीएसजी, ट्रेबलको पनि संभावना

युइएफए च्याम्पियन्स लिगको उपाधिका लागि आज राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र जर्मन क्लब बायर्न म्युनिख भिड्दै छन्। पोर्चुगलको लिस्बनमा खेल राति पौने १ बजे सुरु हुनेछ।

बायर्नले पाँच पटक च्याम्पियन्स लिगको उपाधि उचालिसकेको छ र छैटौं उपाधिका लागि आज खेल्दैछ। बायर्नको यो ११ औं च्याम्पियन्स लिगको फाइनल खेल हो।

उता पीएसजीका लागि यो खेल ऐतिहासिक हुनेछ किनभने उसले च्याम्पियन्स लिगको फाइनल पहिलो पटक खेल्दैछ। र, लामो प्रतीक्षापछि फाइनल पुगेको पीएसजी अवसरलाई सदुपयोग गर्दै च्याम्पियन्स लिगको उपाधि उचाल्ने होडमा हुनेछ। ग्रुप ए को विजेता रहेको पीएसजीले राउन्ड १६ मा डर्टमण्डलाई हराएको थियो भने क्वाटरफाइनलमा एटलान्टालाई हराएको थियो। त्यस्तै सेमिफाइनलमा जर्मन क्लब आरबी लाइपजिगलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो।

उता बायर्न सुरुबाटै सानदार जित निकाल्दै आएको छ। जारी लिगमा ४२ गोल गरिसकेको बायर्नले ८ गोलमात्र खाएको छ। ग्रुप बी को विजेता रहेको बायर्नले प्रि क्वाटरफाइनलमा चेल्सीलाई हराएको हराएको थियो भने क्वाटरफाइनलमा बार्सिलोनामाथि सानदार जित निकालेको थियो। त्यस्तै सेमिफाइनलमा फ्रेन्च क्लब लियोनलाई हराउँदै फाइनलको यात्रा तय गरेको हो। जारीसिजनमा १० खेलमा जित निकालिसकेको छ बायर्नले।

आजको खेलमा बायर्नलाई सबैभन्दा धेरै गोलको रेकर्ड बनाउनेसमेत अवसर छ। यदि फाइनलमा बायर्नले ३ गोल गर्छ भने एक सिजनमा सबैभन्दा धेरै गोलको रेकर्डसँग बराबरी हुनेछ। सन् १९९९/२००० को सिजनमा बार्सिलोनाले ४५ गोल गरेको थियो। त्यसपछि सन् २०१३/१४ मा रियल मड्रिडले र सन् २०१७/१८ मा लिभरपुलले समान ४१ गोल गरेका थिए।

हेड टु हेड

बायर्न र पीएसजी च्याम्पियन्स लिगमा ८ पटक आमने सामने भएका छन्। जसमा पीएसजीले ५ र बायर्नले ३ खेल जितेका छन्। च्याम्पियन्स लिगको ग्रुप स्टेजमा मात्र यी टिमबीच प्रतिस्पर्धा भएको छ।

हेर्नपर्ने खेलाडी

बायर्न म्युनिखबाट रोबर्ट लेवान्डोस्की र सर्ज गनब्री पछिल्ला खेलहरुमा फर्ममा देखिन्छन्। उता पिएसजीका लागि किलियन एम्बापे, नेइमार र माउरो इकार्डी फर्ममा देखिन्छन्। म्युनिखका लेवान्डोस्की जारी सिजनको सर्वाधिक गोलकर्ता समेत हुन्।

उनले १५ गोल गरिसकेका छन्। एकै सिजनमा १५ गोल गर्ने लेवान्डोस्की क्रिस्टियानो रोनाल्डो पछिका दोस्रो खेलाडी हुन्। रोनाल्डोले सन् २०१३/१४ मा १७ गोल, २०१५/१६ मा १६ गोल र २०१७/१८ मा १५ गोल गरेका थिए। तस्तै गनब्रीले पनि ९ गोल गरिसकेका छन् जसमा सेमिफाइनलमा लियोनविरुद्ध २ गोल गरेका थिए।

यता पीएसजीका लागि किलियन एम्बापे र इकार्डीले यो सिजन सर्बाधिक ५ गोल गरेका छन्। त्यस्तै डी एन्जेल डी मारियामा पनि एसिस्ट गर्नेमा पीएसजीको पहिलो नम्बरमा छन्। उनले सेमिफाइनलमा लाइपजिगविरुद्धको खेलमा २ गोल गरेका थिए।

ट्रेबलको संभावना

यदि कुनै टिमले घरेलु लिग, कप र च्याम्पियन्स लिग एकै सिजनमा जित्छ भने त्यसलाई ट्रेबल भनिन्छ। अर्थात एकै सिजन तीन उपाधि उचाल्ने सौभाग्य। फुटबलमा यसलाई ठूलो उपलब्धिका रुपमा लिइन्छ। बार्सिलोनाले सन् २००८/९ मा ट्रेबल पुरा गरेको थियो। उसले दुई पटक ट्रेबल पुरा गरिसकेको छ।

यसबाहेक म्यानचेस्टर युनाइटेड (१९९८/९९), बायर्न म्युनिख (२०१२/१३), इन्टर मिलान (२००९/१०), सेल्टिक(१९६६/६७), एएफसी अजाक्स (१९७१/७२) र पिएसबी इधोवेन (१९८७/८८) ले ट्रेबल पुरा गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell