PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

मेट्रो सुरु गर्ने तयारीमा भारत, बार पनि 'टेक अवे' चलाउने तयारी, लकडाउनमा निषेध छ - मदिरा र सूर्तीजन्य सेवन



पहिलोपोस्ट

मेट्रो सुरु गर्ने तयारीमा भारत, बार पनि 'टेक अवे' चलाउने तयारी, लकडाउनमा निषेध छ - मदिरा र सूर्तीजन्य सेवन

नयाँ दिल्ली : कोभिड १९ का कारण पाँच महिनादेखि बन्द रहेको यहाँको मेट्रो रेल सेवा सेप्टेम्बर १ देखि सुरु हुने हुने भएको छ। लकडाउन ४ मा तय गरेका प्रावधानहरुलाई पालना गर्दै मेट्रो संचालनमा ल्याउने तयारीमा भारतको गृह मन्त्रालयले तयारी अगाडि बढाएको हो।

यद्यपि, विद्यालय र विश्वविद्यालयहरु भने खुला गर्नेबारे कुनै तयारी अगाडि बढाइएको छैन। संक्रमणको विस्तार हुनसक्ने आधारमा शैक्षिक संस्थाहरुलाई बन्द नै राखिएको छ।

निषेधमा नै परेको बारमा 'टेक अवे' लागू गर्ने तयारी पनि भइरहेको छ। मदिरा बिक्रीमा सहज बनाउनक लागि उदार नीति लिने तयारी भएको हो। जुलाई २९ मा जारी भएको गृह मन्त्रालयको निर्देशिकाले मदिरा र सुर्तीजन्य पदार्थको खपतलाई निषेध गरेको थियो।

सरकारी स्रोतलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले जनाएअनुसार तत्काल स्कुल र कलेज खुला गर्ने कुनै योजना छैन तर प्रोफेसनल कोर्स प्रदान गर्ने आइआइटी, आइआइएमएस जस्ता संस्था संचालनमा आउन सक्ने सम्भावना छ। 'सम्भावना भए पनि अहिलेसम्म निर्णय भने भइसकेको छैन,' एक सरकारी अधिकारीले भने।

सिनेमा हल र मल्टिप्लेक्सहरुले पनि लामै समय कुर्नुपर्ने सम्भावना रहेको छ। सामाजिक दुरी कायम गराउन सिनेमा घरहरुलाई कठिन हुनेमात्र होइन, व्यवसायिक हिसाबले पनि कारोबार हुन नसक्ने ठहर गृह मन्त्रालयको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell