PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

स्वास्थ्यकर्मीको सरुवा नगर्न आग्रह गर्दै सामान्य प्रशासनलाई स्वास्थ्य मन्त्रालयको पत्र



रासस

स्वास्थ्यकर्मीको सरुवा नगर्न आग्रह गर्दै सामान्य प्रशासनलाई स्वास्थ्य मन्त्रालयको पत्र

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९)को महामारी भइरहेको बेला स्थानीय तहका स्वास्थ्यकर्मीलाई कहिँकतै सरुवा नगर्न संघीय तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको छ।

मन्त्रालयका उपसचिव प्रमोद सिङ्खडाले सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै कोभिड-१९ को महामारीमा स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीलाई जहाँ छन्, त्यहीँबाट कामकाजको व्यवस्था मिलाउन सबै स्थानीय तहमा पत्रचार गर्न अनुरोध गरेको जानकारी दिए।

गत चैतमा सामान्य प्रशासन मन्त्रालयले पनि कोभिड-१९ को संक्रमण र विस्तारलाई रोक्नका लागि ‘हाल समायोजन भइ कार्यरत रहेका संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्यकर्मीलाई समायोजन/पदस्थापना भएको स्थानमा जान रमाना रोकी कार्यरत निकायबाटै तलब भत्ता खानेगरी कामकाज मिलाउने’ निर्णय गरेको थियो। सोही अनुसार स्वास्थ्य मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै कात्तिक मसान्तसम्मका लागि स्थानीय तहमा जो जहाँ छन् त्यहीबाट कामकाज गर्ने व्यवस्था मिलाउन स्थानीय तहलाई पत्राचार गर्न अनुरोध गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell