PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

बाग्लुङको बाढीमा ८ जनाको मृत्यु, १३ जना अझै बेपत्ता



पहिलोपोस्ट

बाग्लुङको बाढीमा ८ जनाको मृत्यु, १३ जना अझै बेपत्ता

काठमाडौं : ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा त्यसमा परेर ८ जनाको मृत्यु भएको छ। अविरल वर्षासँगै गएराति १२ बजेतिर आएको बाढीमा परेर ८ जनाको मृत्यु र १३ जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।

ढोरपाटन नगरपालिका ९ भट्टेचौर बस्ने २६ वर्षीया केशमाया बिकको भने सनाखत भएको छ।

त्यस्तै, झर्नेबगर स्थित खोलाको किनारमा वर्षीय पुरुषको शव फेला परेको छ। ढोरपाटन नगरपालिका-०५ बुडाथोक स्थित पुलको लठ्ठोमा अड्केको अवस्थामा ३५ वर्षीय पुरूषको शव फेला परेको हो। बडीगार्ड गाउँपालिका-५ बालुवामा अन्दाजी २२ को पुरूष, बडिगार्ड गाउँपालिका- ७ खोप्चेमा अन्दाजी १२ वर्षीय बालक, ढोरपाटन नगरपालिका-३ भुजिखोला किनारमा अन्दाजी ३० वर्षको पुरुष फेला परेका छन्।

ढोरपाटन नगरपालिका-२ चुरेलाबासमा करिब २० वर्षीया महिला र ढोरपाटन नगरपालिका-५ पेङखोलामा वर्ष अन्दाजी १५ वर्षीया बालिका मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै, भुसुण्डेमा पार्कीङ गरी राखेको ग१ज ४१२५ नं.को पिकअप समेत बगाई लगेको छ। ढोरपाटन नगरपालिका ९ बस्ने वर्ष ३५ कि कौशला पुन  र उनका ६ वर्षीय छोरा हिक्मत पुन, ३५ वर्षीय जीत बहादुर घर्ती, ४० वर्षीय राजु घर्ती, ३० वर्षीया कुमारी बिक, १९ वर्षीया पुतली बिक, ३२ वर्षीया कर्मती घर्ती मगर,३५ वर्षीया रीना घर्ती मगर, ३५ वर्षीया दिलमाया घर्ती मगर,  उनका ६ वर्षीय छोरा, ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन र नविन भण्डारी बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।

साथै ढोरपाटन नगरपालिका-९ सुकुदुङमा रहेको स्वास्थ्य चौकीको भवन लगायत स्थानीय १३ वटा घर पूर्णरूपमा बगाएर क्षति भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell