PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

रिया चक्रवर्तीको घरमा नारकोटिक्स ब्यूरोको छापा, फेला पर्ला त ड्रग्स कनेक्सन?



रिया चक्रवर्तीको घरमा नारकोटिक्स ब्यूरोको छापा, फेला पर्ला त ड्रग्स कनेक्सन?
Photo :NDTV

भारतीय अभिनेत्री रिया चक्रवर्तीको घरमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले छापा मारेको छ।

सुशान्त सिंह राजपूतको आत्महत्यामा रियासँग सिबिआइलेसमेत अनुसन्धान गरिरहेको छ। यसबीच सामाजिक संजालमा सुशान्तको मृत्युमा ‘ड्रग्स’ को समेत संलग्नता भएको हुनसक्ने केही ह्वाट्सएप मेसेज सार्वजनिक भएएपछि अनुसन्धान गर्न दिल्लीबाट एनसीबीको टोली मुम्बई पुगेको थियो।

एनसीबीले रियाको साथै सुशान्तको पूर्व कर्मचारी सैमअल मिरांडाको घरमा समेत छापा हानेको छ। एनसीबीले यस मुद्दासँग ड्रगको संलग्नताको आरोपमा ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell