PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

वसन्तपुर क्षेत्रमा निषेधाज्ञाको अवज्ञा गर्दै हिँडडुल गर्नेलाई प्रहरीले गर्‍यो कारबाही

वसन्तपुर क्षेत्रमा निषेधाज्ञाको अवज्ञा गर्दै हिँडडुल गर्नेलाई प्रहरीले गर्‍यो कारबाही

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : वसन्तपुर क्षेत्रमा निषेधाज्ञाको अवज्ञा गर्दै हिँडडुल गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अत्यावश्यक कामबिना हिँडडुल गर्नेहरुलाई प्रहरीले होल्डिङ एरियामा उभ्याएर कारबाही गरेको हो।

बढ्दो कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञामा अत्यावश्यक कामबिना हिँडडुल गर्न नपाइने व्यवस्था छ। तर, केही मानिसहरु निषेधाज्ञाको अवज्ञा गर्दै बिनाकाम हिँडडुल गर्ने गरेका छन्।

उपत्यकामा पछिल्लो समय कोरोना संक्रमण तीव्र रुपमा बढिरहेको छ। शुक्रवार मात्रै काठमाडौं उपत्यकामा थप ४५४ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा काठमाडौंमा ३८६ जनामा कोरोना पुष्टि भएको छ। यसैगरी, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

हालसम्म उपत्यकामा ७ हजार ५७५ जना संक्रमित पुगेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell