PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

सुशान्त मृत्यु प्रकरण : ड्रग्स घोटालाको आरोपमा पक्राउ परेकाहरू ४ दिनलाई प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

सुशान्त मृत्यु प्रकरण : ड्रग्स घोटालाको आरोपमा पक्राउ परेकाहरू ४ दिनलाई प्रहरी नियन्त्रणमा

भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले भारतीय अभिनेत्री रिया चक्रवर्ती, उनको भाइ सोनिक र सुशान्तका घरका म्यानेजर स्यामुएल मिरान्डाको घरमा छापा मार्‍यो। शुक्रवार राती नै रियाका भाइ र म्यानेजर दुवैलाई प्रहरीले ड्रग्सको घोटालाको आरोपमा पक्राउ गर्‍यो।

उनीहरूलाई थप अनुसन्धानका लागि एनसीबीको कार्यालय लगिएको हो

शनिवार बिहान ५ बजे उनीहरूको मेडिकल परीक्षणका लागिएको छ। परीक्षणको नतिजा आएपछि उनीहरूलाई अदालत लगिनेछ। सेप्टेम्बर ९ सम्म उनीहरूलाई प्रहरीले नियन्त्रणमा राख्नेछ।

एनसीबी अधिकारीहरूले एनडीपीएस ऐनको धारा २०, २२, २७ र २९ प्रावधान अन्तर्गत छापा मारेको जनाइएको छ। इन्डिया टुडेका अनुसार एनसीबीका उप निर्देशक केपीएस मल्होत्राले भने, ‘यो प्रक्रियागत कुरा हो। जसको हामी अनुसरण गर्दैछौं। रिया र स्यामुएल मिरन्डाको घरमा अनुसन्धान गरिरहेका छौं।‘

एनसीबीले यस मुद्दासँग ड्रगको संलग्नताको आरोपमा ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। 

सुशान्त सिंह राजपुत जुन १४ मा आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थामा भेटिएका थिए। उनको मृत्युको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान विभागले भने उनको मृत्युमा हत्यासँग जोडिएको कुनै प्रमाण नभएको बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell