PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

चीन र भारतबीच फेरि सीमाकै विषयमा तनाव



पहिलोपोस्ट

चीन र भारतबीच फेरि सीमाकै विषयमा तनाव

नयाँ दिल्ली : रुसको राजधानी मस्कोमा दुई देशका रक्षामन्त्रीबीच भेट भएको दुई दिनपछि र विदेशमन्त्री स्तरको वार्ताका लागि दुई दिन बाँकी रहँदा भारत र चीनबीच फेरि तनावका दृष्यहरु देखिएका छन्।

सोमवार राति चिनियाँ जनमुक्ति सेनाले भारतमाथि गम्भीर आरोप लगाउँदै भनेको छ - अबैध रुपमा पाओ पर्वत हुँदै घुसपैठ भइरहेको छ।

'यी संवेदनशील रुपमा भएका सैनिक उक्सावट हो... असाध्यै खराब प्रकृतिका,' जनमुक्ति सेनाको वेस्टर्न थियटर कमाण्डका प्रवक्ता झाङ सुइलीले भनेका छन्।

चिनियाँ जनमुक्ति सेनाको आरोपको विषयमा भारतीय पक्षले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन।

'अपरेसनका क्रममा चिनियाँ सेनाको पेट्रोलिङमा रहेका चिनियाँ सीमा रक्षकमाथि गोली प्रहार गरेको छ। स्थितिलाई नियन्त्रणमा लिन चिनियाँ पक्ष बाध्य हुनुपर्‍यो,' प्रवक्तालाई उदृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ।

भारत र चीनबीच केही समय यता सीमामा तनाव कायमै छ। साउथ चाइना मर्निङ पोस्टका अनुसार पाँच भारतीय नागरिकहरु बेपत्ता भएका छन्। अरुणान्चल प्रदेशका उनीहरु चिनियाँ सीमामा पुगेर गायव भएको भन्दै उनीहरुका परिवारले जनमुक्ति सेनालाई दोष लगाएको छ।

यस विषयमा भारत सरकार र सेना दुवैले मुख खोलेका छैनन्। नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानलाई प्रश्न गर्दा उनले यसबारे आफूले कुनै जानकारी नपाएको बताएका थिए।

चिनियाँले भारतले तिब्बत कार्ड खेल्न खोजेको आरोप लगाउँदै आएको छ। भारत र चीनका सेनाबीच गलवान उपत्यकामा भिडन्त भएयता सम्बन्ध सुधारका प्रयास जारी रहँदा यस्ता घटनाहरु भने कायमै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell