PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

कंगनाविरुद्ध देशद्रोहको मुद्दा चलाउन शिवसेनाले दियो उजुरी



पहिलोपोस्ट

कंगनाविरुद्ध देशद्रोहको मुद्दा चलाउन शिवसेनाले दियो उजुरी

बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध देशद्रोहको मुद्दा चलाउन माग गर्दै शिवसेनाले प्रहरीमा उजुरी दर्ता गराएको छ।

शिवसेनाको आइटी सेलले मुम्बईको ठाणेस्थित श्रीनगर पुलिस स्टेशनमा कंगनाविरुद्ध उजुरी दर्ता गराएको हो। कंगनामाथि मुम्बईको तुलना पाकिस्तान अधिनस्थ कश्मीर (पीओके)सँग तुलना गरेको भन्दै राजद्रोहको मुद्दा चलाउन उजुरीमा माग गरिएको छ।

सुशान्तसिंह राजपुत मुद्दामा शिवसेना नेतृत्वको महाराष्ट्र सरकारमाथि कंगनाले लगातार निष्पक्षताको प्रश्न उठाएपछि शिवसेनाका नेता कार्यकर्ताहरु उनीविरुद्ध खनिएका छन्। शिवसेना नेता सञ्जय राउतसँग त जुहारी नै चलेको छ।

यसक्रममा कंगनाले मुम्बईलाई शिवसेनाले पीओकेजस्तै बनाउन खोजेको उल्लेख गरेकी थिइन्। जवाफमा सञ्जयले मुम्बई नै नआउन धम्की दिएपछि केन्द्र सरकारले कंगनालाई वाई श्रेणीको सुरक्षा प्रदान गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell