PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

अस्कर विजेता नाटक तथा फिल्म लेखक सर रोनाल्ड हारवुडको निधन



पहिलोपोस्ट

अस्कर विजेता नाटक तथा फिल्म लेखक सर रोनाल्ड हारवुडको निधन
PA Media

सर रोनाल्ड हारवुडको निधन भएको छ। अस्कर विजेता नाटककार एवं पटकथाकारको मंगलवार निधन भएको हो। उनको ८५ वर्षको उमेरमा सामायिक निधन भएको उनकी एजेन्ट जुडी डेइसले बताइन्

दक्षिण अफ्रीकामा जन्मेका सर रोनाल्ड ब्रिटेनको महान युद्धपछि उदाएका नाटककारहरू मध्ये एक हुन्। उनका चर्चित नाटकहरूमध्य 'द ड्रेसर' र 'क्वार्टेट'माथि फिल्म समेत बनाइएको थियो।

उनले सन् २००२ मा रोमन पोलान्स्की फिल्म 'द पियानिस्ट'का लागि अस्करमा उत्कृष्ट रुपान्तरित पटकथाको अवार्ड पाएका थिए।

सन् २०१० मा क्वीन एलिजावेथको जन्मदिनमा उनले विशेष सम्मान पाएका थिए। त्यस्तै सन् २००८ मा 'द डाइभिङ बेल एण्ड द बटरफ्लाइ'का लागि बाफ्टा अवार्ड पाएका थिए।

सर रोनाल्डले आफ्नो कलात्मक विरासतका बारेमा भनेका थिए : म मरे पछि पनि मेरा नाटकहरू बाँचे भने खुशी हुनेछु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell