PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

प्रदेश लोकसेवा आयोगले एक नम्बर प्रदेश प्रमुखलाई बुझायो पहिलो वार्षिक प्रतिवेदन



पहिलोपोस्ट

प्रदेश लोकसेवा आयोगले एक नम्बर प्रदेश प्रमुखलाई बुझायो पहिलो वार्षिक प्रतिवेदन

विराटनगर: लोकसेवा आयोग प्रदेश १ ले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई प्रथम वार्षिक प्रतिवेदन २०७६/२०७७ बुझाएको छ।

आइतवार कर्मचारीलाई प्रतिवेदनको पुस्तिका पठाइ सन्चार माध्यमद्वारा प्रदेशलोक सेवा आयोगका अध्यक्ष उत्तम कुमार भट्टराईले सो विषयमा प्रदेश प्रमुख अधिकारीलाई जानकारी गराएका हुन्।

प्रदेश लोकसेवा आयोगको प्रथम वार्षिक प्रतिवेदनको परिच्छेद १० मा पृष्ठ ३३ देखि ४१ सम्म ध्यानाकर्षण र सुझाव मात्र रहेको छ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको विषम परिस्थितिमा पनि प्रदेश लोक सेवा आयोगले प्रथम वार्षिक प्रतिवेदन प्रकाशन गर्न सफल भएकोमा अध्यक्ष लगायत सम्पूर्ण टिमलाई प्रदेश प्रमुख अधिकारीले धन्यवाद दिएका छन्।

प्रदेश लोकसेवा आयोगले गराएको ध्यानाकर्षण र सुझाबहरुलाई सम्बन्धित निकायले समयमै विचार पुर्याए राम्रो हुने अधिकारीले धारणा व्यक्त गरेका छन्।

प्रदेश लोकसेवा आयोगको सदस्यहरुमा टीकादत्त राई र सजना दाहाल रहेका छन्। लोक सेवा आयोगले वार्षिक रुपमा प्रदेश प्रमुख समक्ष प्रतिवेदन बुझाउने प्रवधान अनुरुप यो प्रतिवेदन बुझाइएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell