PahiloPost

Jul 3, 2024 | २० असार २०८१

भारतद्वारा दुई हजार भाइल रेमडेसिभिर औषधि सहयोग, परराष्ट्रमन्त्री ज्ञवालीलाई हस्तान्तरण



पहिलोपोस्ट

भारतद्वारा दुई हजार भाइल रेमडेसिभिर औषधि सहयोग, परराष्ट्रमन्त्री ज्ञवालीलाई हस्तान्तरण

काठमाडौं: भारत सरकारले कोभिड १९ संक्रमणविरुद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।

मंगलवार भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई दुई हजार भाइल रेमडेसिभिर औषधि हस्तान्तरण गरे।

कोभिड–१९ को विश्वव्यापी महामारीले निम्त्याएको चुनौती सामना गर्न भारत सरकारले नेपाललाई गरिरहेको सहयोग अनुरुप उक्त औषधि हस्तान्तरण गरिएको भारतीय दूतावासले जनाएको छ।

अक्सिजन थेरापीमा रहेका मध्यमदेखि गम्भीर प्रकृतिका बिरामीहरुको उपचारमा प्रयोग गरिने रेमडेसिभिर एक प्रभावकारी औषधि हो। चिकित्सा अध्ययनका अनुसार यो औषधीको प्रयोगले बिरामीहरुको अस्पताल बसाई अवधि र रोगबाट निको हुने समयलाई कम गर्न उल्लेखनीय रुपमा सघाउ पुर्‍याउँछ।

यसअघि भारतले प्यारासिटामोल, हाइड्रोक्लोरोक्विन लगायतका अत्यावश्यक औषधि, कोभिड–१९ टेष्ट कीट (आरटी–पीसीआर) र आइसीयू भेन्टिलेटरजस्ता स्वास्थ्य सामग्री नेपाललाई सहयोग स्वरुप प्रदान गरिसकेको छ।

दूतावासले निकटतम मित्र तथा छिमेकीको हैसियतले महामारी विरुद्धको लडाईंमा भारत नेपाल सरकार र नेपालीको साथमा रहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell