काठमाडौं : नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा जोरपाटीमा जुलुस निस्किएको छ। जुलुसमा सहभागीहरुले सरकारविरद्ध चर्को नारावाजी गरेका छन्।
बिहान ९ बजेदेखि जुलुस निस्किएको हो।
घिसिङले यसै साता प्राधिकरणबाट अवकाश पाएका हुन्। मुलुकमा लोडसेडिङ अन्त्य गरेको 'क्रेडिट' उनैलाई जान्छ। घिसिङलाई पुन: नियुक्ति गर्न जनस्तरबाट चर्को दवाव भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई रुचाएनन्। त्यसैले जुलुसमा उत्रिएकाहरुले प्रधानमन्त्री विरुद्ध चर्को नाराबाजी समेत गरेका छन्।
संचारकर्मी विश्वदीप लामिछानेका अनुसार झन्डै ४ सय जना मानिस जुलुसमा सहभागी छन्। कोरोनाको डरका कारण जुलुसमा सहभागीको संख्या कम देखिएको हो।
कुलमानको समर्थनमा पनि जुलुस निक्लियो त !! pic.twitter.com/S49T5aYKyI
— Bishodip (@bishodip) September 16, 2020