PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

युरोपा लिग: टोटेनहम पराजित



पहिलोपोस्ट

युरोपा लिग: टोटेनहम पराजित

युरोपा लिग अन्तर्गत गएराति भएको समूह ‘जे’ को खेलमा इङ्ग्लिस क्लब टोटेनहम बेल्जियन क्लब रोयल एन्टवेर्पसँग पराजित भएको छ। बोसुइलस्टेडियनमा भएको खेलमा घरेलु टोलीले टोटेनहममाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।

एन्टवेर्पको जितमा लिओर राफेइलोभले निर्णायक गोल गरे। उनले खेलको २९ औं मिनेटमा गोल गरेका थिए।

त्यस्तै गएराति नै भएको समूह जे को अर्को खेलमा लास्कले लुडोगोरेट्सलाई ४-३ ले पराजित गर्‍यो। इल्भिस मनुको ह्याट्रिकका बावजुत घरेलु टोली लास्कले जित निकालेको हो।

जितसँगै समूहमा लगातार दुई जित निकालेको एन्टवेर्प ६ अंक जोड्दै शीर्ष स्थानमा छ भने एक जित र एक हार ब्यहोरेका टोटेनहम र लास्क ३ अंकसहित क्रमश दोस्रो र तेस्रो स्थानमा छन्। त्यस्तै जितबिहीन लुडोगोरेट्स तालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell