PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

भूकम्प पीडितले घर बनाउन मंसिर मसान्तभित्र सम्झौता गर्नुपर्ने, पुस १५ भित्र रकम नलिए म्याद नथपिने



पहिलोपोस्ट

भूकम्प पीडितले घर बनाउन मंसिर मसान्तभित्र सम्झौता गर्नुपर्ने, पुस १५ भित्र रकम नलिए म्याद नथपिने

काठमाडौँः भूकम्प पीडितले २०७७ पुस १५ गतेसम्म पहिलो किस्ता रकम लिन पाउनेगरि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अन्तिम समयसीमा तय गरेको छ। प्राधिकरणले मंसिर मसान्तसम्म सम्झौता गरेर पुस १५ गतेसम्म पहिलो किस्ता लिनुपर्ने अन्तिम समयसीमा तय गरेको छ।

प्राधिकरणले हालसम्म कायम भएका पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरुले २०७७ मंसिर मसान्तसम्म अनुदान सम्झौता गर्नुपर्ने पनि निर्णय गरेको छ ।

त्यसैगरि, पहिलो किस्ता लिइसकेका सबै पुनर्निर्माण लाभग्राहीहरुले घर निर्माण सुरु गरी दोस्रो किस्ता लिनका लागि २०७७ माघ मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्ने पनि निर्णय गरेको छ।

सम्पूर्ण पुनर्निर्माण तथा प्रवलीकरणको अन्तिम किस्ता लिनका लागि २०७८ वैशाखसम्मको समय तोकिएको छ।

प्राधिकरणका सह–प्रवक्ता मनोहर घिमिरेले प्राधिकरणको कार्यावधि सकिन लागेकोले अनुदानसम्बन्धी यो निर्णय नै अन्तिम हुने बताए।

‘निजी आवास अनुदानका लागि योग्य सबै लाभग्राहीहरुलाई यथाशीघ्र सम्झौता गर्न र अनुदानका किस्ता लिन बाँकी भए स्थानीय तहमा निवेदन दिन आग्रह गर्दछौँ’, घिमिरेले भने।

प्राधिकरणले साविक घर भत्काई नयाँ घर निर्माण गर्न चाहने लाभग्राहीलाई यथाशीघ्र सम्बन्धित जिल्ला आयोजना कार्यान्वयन इकाईमा निवेदन दिन पनि अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell