PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

बार्सिलोनाको सहज जितमा मेस्सीको दुई गोल



पहिलोपोस्ट

बार्सिलोनाको सहज जितमा मेस्सीको दुई गोल

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले रियल बेटिसमाथि सहज जित निकालेको छ। क्याम्प नोउमा भएको खेलमा घरेलु टोलीले बेटिसमाथि ५-२ को सहज जित निकालेको हो।

बार्सिलोनाको जितमा लियोनल मेस्सीले २ गोल तथा एन्टोनी ग्रिजमन, ओसमान डेम्बेले र पेड्रीले समान १ गोल गरे। उता बेटिसका लागि एन्टोनियो सनाब्रिया र लोरेन्जो गार्सियाले समान १/१ गोल गरे।

खेलको २२ औं मिनेटमा ग्रिजमनको पासममा गोल गर्दै डेम्बेलेले बार्सिलोनालाई अग्रता दिलाएका थिए। खेलको ३३ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरमा ग्रिजमन चुकेका थिए। उता पहिलो हाफको अतिरिक्त समयमा सनब्रियाले गोल फर्काउँदै बेटिसलाई बराबरीमा ल्याए। पहिलो हाफमा खेल १-१ को बराबरीमा रोकियो।

दोस्रो हाफमा ग्रिनमनले बार्सिलोनालाई अघि बढाए। उनले खेलको ४९ मिनेटमा गोल गरेका थिए। त्यस्तै ६० औं मिनेटमा बेटिसका एइसा मण्डी रातो कार्ड खाँदै बाहिरिए। बार्सिलोनाले पेनाल्टीको अवसर पनि पायो। जसमा लियोनल मेस्सीले सदुपयोग गर्दै गोल गरे। उता बेटिसका लागि ७३ औं मिनेटमा गार्सियाले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे। यद्यपि बार्सिलोनाका लागि मेस्सीले फेरि गोल गर्दै उनको बार्सिलोनाको गोलअन्तर थप बढाए। मेस्सीले खेलको ८२ औं मिनेटमा गोल गर्दा युवा खेलाडी पेड्रीले ९० औं मिनेटमा गोल गरे। र, बार्सिलोना ५-२ को फराकिलो अन्तरले विजयी भयो।

जितसँगै बार्सिलोना ७ खेलबाट ११ अंक जोड्दै अंकतालिकाको आठौं स्थानमा उक्लिएको छ। पछिल्ला चार खेलहरुमा जितबिहीन बार्सलोनाले जितको खडेरी तोड्दै महत्वपूर्ण तीन अंक जोडेको हो। पराजित बेटिस १२ अंकसहित तालिकाको सातौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell