PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

उच्च मनोबलका साथ जनमैत्री सेवा प्रदान गर्न प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीको निर्देशन



पहिलोपोस्ट

उच्च मनोबलका साथ जनमैत्री सेवा प्रदान गर्न प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीको निर्देशन

विराटनगर : १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वरबाबु कार्कीले उच्च मनोबलका साथ जनमैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिएका छन्।

१ नम्बर प्रदेशको हिमाली जिल्ला सोलुखुम्बुको निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु, ईलाका प्रहरी कार्यालय (ख) लुक्ला, विमानस्थल सुरक्षागार्ड लुक्ला र पर्यटक प्रहरी लुक्लाका प्रहरी कर्मचारीहरुलाई कार्कीले उक्त निर्देशन दिएका हुन्। निर्देशनको क्रममा उनले संगठन प्रमुख प्रहरी महानिरीक्षकबाट स्विकृत गरिएको प्रहरी आचार संहिता कार्यादेश २०७७ को बारेमा पनि जानकारी दिए।

उक्त कार्यादेशको अक्षरस पालन गर्न र कोरोना भाइरसको जोखिम रहिरहेको वर्तमान परिप्रेक्ष्यमा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी सोही अनुसार काम गर्न समेत निर्देशन दिएका छन्।

पर्यटनको क्षेत्रको रुपमा रहेको सोलुखुम्बु जिल्लामा आउने विदेशी तथा आन्तरिक पर्यटनहरुको सुरक्षालाई विशेष ध्यानमा राख्नुपर्ने उनको भनाइ छ। त्यस्तै, भौगोलिक विकटता भएतापनि उच्च मनोबलका साथ नागरिकहरुलाई प्रहरी सेवा प्रदान गर्न र कानुनको परीधीमा रही जनचाहाना बमोजिमको सुरक्षा व्यवस्था मिलाउन समेत उनले निर्देशन दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell