PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

ब्रिट्नी स्पेयर्सको मागविरुद्ध अदालतको निर्णय



पहिलोपोस्ट

ब्रिट्नी स्पेयर्सको मागविरुद्ध अदालतको निर्णय

एक अमेरिकी अदालतले ब्रिट्नी स्‍पेयर्सको बुवालाई कानूनी संरक्षकबाट हटाउने प्रस्तावविरुद्ध निर्णय गरेको छ। बुवा जेमी स्पेयर्सले आफ्नो व्यक्तिगत् एवं व्यवसायीक जीवनमा हस्तक्षेप गरेको भन्दै निवेदन दिएकी थिइन्।

बाह्र वर्षअघि ३८ वर्षीया गायिकाको मानसिक स्वास्थ्यमा समस्या देखिएपछि उनका बुवा संरक्षक रहँदै आएका छन्।

बीबीसीका अनुसार स्पेयर्सकी वकिलले उनी आफ्नो बुवासँग डराउने बताएकी थिइन्। स्पेयर्सले बुवा आफ्नो संरक्षक रहेसम्म प्रस्तुति नदिने समेत बताएकी थिइन्‍।

जेमीका वकिलले भने उनले सधैं आफ्नोतर्फबाट सक्दो राम्रो व्यवहार गरेको दावी गरे।

न्यायाधीशले उनलाई वपर्खास्त नगर्ने वा स्पष्ट रूपमा संरक्षकबाट नहटाउने बताएकी हुन्।

ब्रिट्नीका स्रोता एवं शुभचिन्तकले भने उनलाई थुनामा राखिएको र स्वतन्त्र राख्न मागसहित ह्यास ट्याग 'फ्री ब्रीट्नी' अभियान चलाइरहेका छन्।

सन् २०१८ मा पछिल्लो पटक प्रत्यक्ष प्रस्तुति दिएकी ब्रिट्नी अब कहिले सार्वजनिक कार्यक्रममा देखिन्छिन् निश्चित छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell