PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

ट्रम्पको डरमा बाइडेनलाई बधाई दिन रिपब्लिकनलाई त्रास!



पहिलोपोस्ट

ट्रम्पको डरमा बाइडेनलाई बधाई दिन रिपब्लिकनलाई त्रास!
REUTERS

थोरै नै सही, रिपब्लिकसन नेताहरुले जोय बाइडेनले राष्ट्रपतीय निर्वाचनमा जित निकालेको भन्दै उनलाई परम्परागत रुपमा हुँदै आएको इन्टेलिजेन्स ब्रिफिङ उपलब्ध गराउनपर्ने बताएका छन्। र यस्तो भन्नेहरुको संख्या क्रमश बढिरहेको छ।

ट्रम्प नजिक मानिने लिन्डसे ग्राहमले अरु समयमा जस्तै गरी आउँदै गरेका राष्ट्रपतिलाई गराइने सेक्रेट प्रेसिडेन्सियल मेमो बाइडेनलाई उपलब्ध गराउन थाल्नुपर्ने बताए।

तर अझै पनि धेरैजसो रिपब्लिकनहरुले ट्रम्पको साथ दिइरहेका छन्। उनीहरु बाइडेनको जित स्वीकार गर्न अझै तयार छैनन्।

गत साता अमेरिकी मिडियाले चुनावी नतिजा सार्वजनिक गरेको हो यद्यपि, कतिपय स्थानमा अझै मत गणना जारी छ।

कुनै प्रमाणित तथ्यहरु पेश गर्न नसके पनि ट्रम्पले चुनावमा व्यापक धाँधली भएको बताउँदै कानुनी बाटो रोजेका छन्। 

किन रिपब्लिकनहरु आत्तिएका छन् त?

राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई बाइडेनले पछि पारेको स्वीकार्न नसक्नुले रिपब्लिकनहरु तनावमा छन् भन्ने देखाउँछ। 

१० देखि २० जना रिपब्लिकन कँग्रेसहरुले बाइडेनलाई बधाई दिएका छन् अथवा उनको जित स्वीकार गरेका छन्। उनीहरुले बाइडेनलाई संक्रमणकालीन अधिकार उपलब्ध गराउनुपर्ने तर्क गर्न थालेका छन्। 

डेमोक्रेटिक सिनेटर क्रिस कोनका अनुसार केही रिपब्लिकनहरुले बाइडेनलाई बधाई सुनाइदिन उनलाई आग्रह गरेका छन्। र, ती नेताहरु खुलेर उनलाई बधाई दिन असहज महसुस गरिरहेका छन्। सिनेटर ग्राहम तिनैमध्ये एक हुन जसले खुलेर बाइडेनलाई संक्रमणकालीन अधिकार पाउनुपर्ने बोलिरहेका छन्। 

जसले जे भने पनि अहिले बाइडेनलाई संक्रमणकालीन ब्रिफिङबाट टाढा राखिएको छ र ट्रम्पको हारलाई स्वीकार गरिएको छैन।

यद्यपि, ओहायोका रिपब्लिकन गभर्नर माइक डिवाइनले बाइडेनलाई सम्बोधन गर्दा - प्रेसिडेन्ड इलेक्ट शब्द प्रयोग गरेका छन्। यसले संक्रमणकालीन राष्ट्रपति भन्ने बुझाउँछ।

ट्रम्पल लगातार रुपमा निर्वाचनमा धाँधलीको आरोप लगाइरहेकाले कुनै प्रमाण नहुँदा पनि रिपब्लिकनहरु असमन्जस्यमा परेको डेमोक्रेट सिनेट चक सुमर बताउँछन्। उनीहरु ट्रम्पको त्रासमा रहेको उनको तर्क छ।   
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell