PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

'गोकर्णेश्वरका धार्मिक तथा सांस्कृतिक सम्पदा' सार्वजनिक



पहिलोपोस्ट

'गोकर्णेश्वरका धार्मिक तथा सांस्कृतिक सम्पदा' सार्वजनिक

कात्तिक : गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले शनिवार 'गोकर्णेश्वरका धार्मिक तथा सांस्कृतिक सम्पदा' को विमोचन गरेका छन्। जोरपाटीको चामुण्डादेवी मन्दिरको प्राङ्गणमा नगर प्रमुख चालिसेले पुस्तकको लोर्कापण गरका हुन्।

नगर प्रमुख चालिसेले धार्मिक दृष्टिकोणले गोकर्णेश्वर नगरपालिका अत्यन्त प्रसिद्ध रहेको बताए। नगरपालिका भित्रका धार्मिक केन्द्रहरुको विकास विस्तारलाई आफुले उच्च प्राथमिकता दिएको उनको दावी थियो। नगर उपप्रमुख शान्ति नेपालले गोकर्णेश्वर नगरपालिकाको वास्तविक पहिचान नै यहाँका धार्मिक धरोहरहरु रहेको उल्लेख गरिन्।

संस्कृतिविद् प्राध्यापक डाक्टर ऋषिराम पोखरेल, वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसे, वरिष्ठ साहित्यकार गोविन्दप्रसाद घिमिरे “वेदमणि” लगायतका वक्ताहरुले संस्कृति तथा साहित्यको विकासविना समृद्ध नगरको परिकल्पना गर्न नसकिने बताए।

गोकर्णेश्वर नगरपालिका धार्मिक समितिका संयोजक वरिष्ठ पण्डित दिवाकरप्रसाद भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा समितिका सहसंयोजक कूलप्रसाद पुडासैनी, गोकर्णेश्वर नगरपालिकाका वडा नम्बर ५ का अध्यक्ष नाराणबहादुर सुवेदी, वडा ननम्बर ६ का अध्यक्ष रमेश अर्याल, वडा नम्बर ८ का अध्यक्ष मनोज ढुंगाना लगायतका वक्ताहरुले नगरपालिकामा रहेका विविध धार्मिक गन्तव्यहरुको विकासका लागि भइरहेको गतिविधिबारे प्रकाश पारेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell