PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

५८ बोतल एसिडसहित जनकपुरमा एक व्यापारी पक्राउ



पहिलोपोस्ट

५८ बोतल एसिडसहित जनकपुरमा एक व्यापारी पक्राउ

धनुषाः जनकपुरधाममा एसिड बिक्री वितरण गरेको आरोपमा एक व्यापारीलाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधामबाट ५८ बोतल एसिडसहित एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको हो।

शनिबार जनकपुरमा भएको एसिड प्रहार घटनामा प्रहरीले अनुसन्धान गर्ने क्रममा ५८ बोतल एसिडसहित स्थानीय व्यापारी नागेन्द्र साहलाई पक्राउ गरेको छ। शनिबार श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने जनकपुरधाम वडा नं. २० देवपुरा घर भएका २४ वर्षीय सञ्जीव साहलाई घटनालगत्तै प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा एसिडका बिक्रेतालाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ।

पहिले पनि करेन्ट लगाउनुका साथै मट्टीतेल खन्याएर आगो लगाउनेसम्मको यातना जनकपुरधाम उपमहानगरपालिका वडा नं ७ जानकीनगर माइती भएकी आरती साहको चार वर्षअघि जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाका सञ्जीव साहसँग सामाजिक परम्परा अनुसार विवाह भएको थियो।

विवाह भएको केही समयपश्चात नै सञ्जीव रक्सी खाएर घर आउने र आफूलाई कुटपिट गर्ने गरेको आरतीले बताइन्। यसरी बारम्बार यातना दिँदा पनि घरमै सहेर बसेको तर, सञ्जीवका पिताले समेत आफूमाथि गलत नजर राख्न थालेपछि घर छाड्न बाध्य भएको उनले बताइन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell