बनियानी : झापामा शुक्रवार कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। गौरादह-८ का ६३ वर्षीय पुरुषको नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको छ भने गौरादह-७ कै ७५ वर्षीया महिलाको नोबेलमै मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका कोभिड-१९ ‘पर्सन’ जीवन चम्लागाईंले जानकारी दिए।
योसँगै झापामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको छ।
त्यस्तै, झापामा शुक्रवार २९ जना कोरोना संक्रमित थपिएका छन्। एघार स्थानीय तहमा १४ महिला र १५ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ।
बिर्तामोडमा पाँच, कनकाइमा तीन, अर्जुनधारामा दुई, गौरादहमा पाँच, मेचीनगरमा एक, बाह्रदशीमा एक, भद्रपुरमा तीन, हल्दिबारीमा एक, दमकमा सात र कमलमा एक जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै झापामा कोरोना संक्रमितको सङ्ख्या ३ हजार १९७ पुगेको छ।