
काठमाडौंः महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ अनुसार काठमाडौं उपत्यकाभित्र हुने सडक दुर्घटनामा कमी आएको देखिएको छ। आर्थिक वर्ष २०७६/७७ मा सवारी दुर्घटनामा परि मृत्यु हुनेको सङख्यामा ३७ दशमलव ७९ प्रतिशतले कमी आएको प्रहरीले जानकारी दिएको छ।
महाशाखाको तथ्याङक अनुसार आर्थिक वर्ष २०७५/७६ मा सवारी दुर्घटनामा परि २५४ जनाको मृत्यु भएको थियो। तर आर्थिक वर्ष २०७६/७७ मा यो सङख्या घटेर १ सय ५२ मा पुगेको हो।
त्यस्तै चालु आर्थिक वर्षको चार महिनामा दुर्घटनामा परी ५० जनाले ज्यान गुमाइसकेका छन्।