PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

रोगभन्दा भोकले मर्न लागे भन्दै ठमेलका रात्रिकालीन व्यवसायी आन्दोलित



पहिलोपोस्ट

रोगभन्दा भोकले मर्न लागे भन्दै ठमेलका रात्रिकालीन व्यवसायी आन्दोलित

काठमाडौं: कोरोना भाइरस महामारीले विगत १० महिनादेखि बन्‍द रहेका ठमेलको रात्रिकालीन व्यवसाय खोल्न व्यवसायीहरुले माग गरेका छन्।

व्यवसायीको छाता संगठन ठमेल पर्यटन विकास परिषद्, ठमेल रात्रिकालीन व्यवसायी उपसमितिले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापनपत्र बुझाउँदै रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै रोग भन्दा भोकले मर्ने अवस्था आएकाले आन्दोलनमा उत्रिन बाध्य भएको जनाएको छ।

भोलिबाट व्यवसाय सञ्चालन गर्ने अनुमति नपाए सञ्चयकोष अगाडि त्रिवेणी मार्गमा उपस्थित भएर शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने निर्णय भएको व्यवसायी वकिल बमले बताए।

कोभिड महामारीको कारण देखाउँदै सरकारले रात्रिकालीन व्यवसाय, बार, क्लब तथा फिल्म हलहरु बन्द गर्ने निर्णय यथावत राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell