PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

साउनयता ४६ हजार निजी आवास पुनर्निर्माण, अन्यको यस्तो छ प्रगति



पहिलोपोस्ट

साउनयता ४६ हजार निजी आवास पुनर्निर्माण, अन्यको यस्तो छ प्रगति

काठमाडौंः आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा ४६ हजार २७० निजी घर पुनर्निर्माण भएका छन्। त्यसैगरी, २७ वटा विद्यालय भवन र १२ वटा पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण सकिएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार चार महिनाको अवधिमा ६ हजार ६०० लाभग्राहीले दोस्रो किस्ता रकम लिएका छन्। यस्तै ५ हजार ११४ ले तेस्रो किस्ता लिएका छन्। यस अवधिमा थप ६८५ प्रवलीकरण लाभग्राहीले सम्झौता गरेका छन्।

चार महिनाको अवधिमा ११० जना लाभग्राही थपिएका छन् र पहिले नै लाभग्राही कायम भएका समेत गरी एक हजार ३५० ले अनुदानका लागि सम्झौता गरेका छन्।

यस अवधिमा पुनर्निर्माण सम्पन्न भएको रानीपोखरीको उद्घाटन भएको छ भने धरहरा पुनर्निर्माणमा १९ तलासम्मको ढलान सम्पन्न प्राधिकरणले जनाएको छ।

यस अवधिमा समग्र पुनर्निर्माणमा ७ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell