PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

प्रधानमन्त्री ओलीको गृह जिल्लामा राप्रपाको 'कास्टिङ' हेर्नुस् यस्तो

प्रधानमन्त्री ओलीको गृह जिल्लामा राप्रपाको 'कास्टिङ' हेर्नुस् यस्तो

पहिलोपोस्ट /पहिलोपोस्ट


झापा : राजसंस्था तथा हिन्दु राष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको जिल्ला झापामा विशाल प्रदर्शन गरेको छ।

राप्रपाले संघीयता खारेजीको माग प्रधानमन्त्रीको गृह जिल्लामा शक्ति प्रदर्शन गरेको हो। राप्रपाले मोटर तथा मोटरसाइकल र्‍याली आयोजना गरेको थियो। र्‍यालीमा हजारौंको सहभागिता थियो। प्रदर्शनका लागि जिल्लाका १५ वटै स्थानीय तहबाट नागरिकहरु पूर्वी नाका काँकडभिट्टामा भेला भएका थिए।

दिउँसो साढे २ बजे काँकरभिट्टाबाट एकीकृत र्‍याली सुरु भएको थियो। बिर्तामोडमा भएको कार्यक्रममा राप्रपाका नेता तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेनले शनिवारको प्रदर्शन शुरुवात मात्र भएको बताए। उनले चेतावनीको भाषामा भने, ‘यो प्रदर्शन कास्टिङ मात्र हो। क्लाइमेक्स आउन बाँकी नै छ।’



ट्रेन्डिङ पोस्ट

Ncell