काठमाडौं : कोभिड-१९ को संक्रमणबाट नेपालमा थप २३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २३ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो। योसँगै नेपालमा मृत्यु हुनेको संख्या एक हजार ६३७ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप एक हजार ३८२ जना संक्रमित पहिचान भएका छन्। योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ४३ हजार ३७७ पुगेको छ। हालसम्म संक्रमण पुष्टि भएका मध्ये दुई लाख २९ हजार ५४ जना संक्रमण मुक्त भइसकेको मन्त्रालयले जनाएको छ। जसमध्ये पछिल्लो २४ घण्टामा एक हजार ६२१ जना संक्रमित संक्रमण मुक्त भएका हुन्।
योसँगै नेपालमा १२ हजार ६८६ जना संक्रमित उपचारका क्रममा आइसोलेसनमा छन्।