PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

डिज्नीका फिल्महरूपनि हलभन्दा अघि अनलाइन प्रदर्शन हुँदै



पहिलोपोस्ट

डिज्नीका फिल्महरूपनि हलभन्दा अघि अनलाइन प्रदर्शन हुँदै
LUCASFILM

डिज्नीले आफ्नो स्ट्रिमिङ सर्भिसमा स्टार वार्स र मार्भल फ्रेन्चाइजको सेवा बिस्तार गर्ने योजना सार्वजनिक गरेको छ।

डिज्नीको आउँदो फिल्म 'पिटर प्यान' र 'वेन्डी र टम हंक्स पिनोचियो'लाई सिनेमा घरमा नभइ सिधैं डिज्नी प्लसमार्फत् सार्वजनिक गर्ने बताएको हो।

बीबीसीका अनुसार डिज्नी सिनेमाघरदेखि स्ट्रिमिङ साइटसम्म दर्शकको ध्यान आकर्षित गर्ने प्रमुख स्टुडियो हो।

पछिल्लो साता मात्र वार्नर ब्रदर्सले कम्पनीको सन् २०२१ का सबै फिल्म डिजिटल प्ल्याटफर्म एचबीओ म्याक्समार्फत् सार्वजनिक गर्ने घोषणा गरेको थियो।

कोरोना भाइरसका कारण निम्तिएको संकटले सिनेमा उद्योगमा पनि असर पारेको छ। जसका कारण निर्माण कम्पनीहरूको प्रतिस्पर्धा अनलाइन स्ट्रिमिङ साइटहरूमार्फत् भइरहेको छ।

डिज्नीले केही वर्षमै मार्भल रस्टार वार्स फ्रेन्चाइज अन्तर्गत् १० टिभी सिरिज निर्माण गर्ने बताएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell