PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

किशोरीमाथि अस्वभाविक टिप्पणी गरेपछि चर्चित ब्लगरलाई टिकटकले गर्‍यो ब्यान



पहिलोपोस्ट

किशोरीमाथि अस्वभाविक टिप्पणी गरेपछि चर्चित ब्लगरलाई टिकटकले गर्‍यो ब्यान

संचालन निर्देशिका उलङ्घन गरेका कारण भिडियो सेयरिङ एप टिकटकले सेलिब्रेटी ब्लगर पेरेज हिलटनलाई ब्यान गरेको छ। सुरुवाती चरणमा गसिप ब्लगर रहेका हिलटन पछिल्लो समय सञ्चार क्षेत्रमा प्रभावशाली व्यक्तित्व ठहरिएका छन्। उनका १६ लाख फलोअर्स छन् र एक सातामा करिव एक करोड भ्यूज हुन्थे।

उनले एक किशोरीको भिडियोमा कमेन्ट लेखेका थिए – एक १५ वर्षीया किशोरी यसरी नाँच्नु गलत लाग्ने मलाई मात्र हो?

उक्त भिडियोमा ती किशोरी बिकिनीमा थिइन्। जवाफमा उनले लेखेकी छिन् – माफ गर्नुहोला। तर, मैले रमाइलो मात्र गर्न चाहेकी हुँ।

यही अन्तर्तक्रियाका कारण उनले लाखौं फलोअर्स गुमाए। फलोअर्ससँगै टिकटक खाता पनि रहेन। कुनै चेतावनीबीना ब्यान गर्नुलाई गलत कार्यको संज्ञा दिएका छन् हिलटनले। उनले आफूले सेयर गरेका सार्वजनिक महत्वका भिडियोहरूसहित आफूमाथिको कारवाही फुकुवा गर्न टिकटकलाई आग्रह समेत गरे।

सन् २०१९ को अगस्टमा टिकटक बनाउने सुरु गरेका उनले पछिल्लो समय आफ्ना फलोअर्सलाई समाचारहरू सम्प्रेषण गर्थे।

'म यस वर्ष निकै तनावमा छु। टिकटकले मलाई आफूले चाहेको सबैकुरा दियो। खुशी दियो। त्यो खुशी आम मानिससँग बाड्ने ठाउँ दियो', हिलटनले एक अन्तर्वातामा भनेका छन्।

उनको आलोचना गर्नेहरू पनि उत्तिकै थिए।

आफू टिकटकबाट सधैंका लागि ब्यान हुनुको पीडा ट्वीटरमार्फत् साटेका छन्। टिकटकले गलत सजाय दिएको बताउँदै साथ र सहयोगको आग्रह गरेका छन्।

I Am Banned From TikTok! Dear Charli D’Amelio...

Please watch! Please help! I am devastated. Truly. I am begging! Please! This is not right or warranted. #FreePerez #PerezHilton@CharliDamelio @tiktok_us @TikTokSupport @tiktokcreators @tiktok_comms pic.twitter.com/NtYLqVabqe

— Perez (@ThePerezHilton) December 12, 2020

न्यूयोर्क टाइम्सले जनाए अनुसार उनले खाता जे भएपनि आफू पेरेज हिलटन भएको बताए। 'म कुनै एपभन्दा ठूलो हुँ। मान्छेले मलाई खोज्छन्। काम दिन्छन्। म भविष्यलाई लिएर उत्साहित छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell